PERIWINKLE

Its main use is in the treatment of excessive menstrual flow , either during the period its self menorrhogia or with blood loss between periods memorrhagia...........

COMPUTER

How To Restrict Drives in My Computer....

ABOUT TANAHUN

तनहुँको नाम रहनाको कारण विभिन्न विद्वानहरुले फरक-फरक पशे गरेका छन् यसको नामाकरण बारे सत्यतथ्य प्रमाण प्राप्त गर्न नसकिए पनि प्राप्त जानकारी अनुसार तनहुँको राजधानी तनहुँर ........

ENTERTAINMENT

Wanna listen to nepali music,english and many more music for entertainment then.....

SPORTS[FOOTBALL]

The Reds(liverpool) have agreed jordan handerson deal with sunderland ...........

Showing posts with label LOCAL NEWS. Show all posts
Showing posts with label LOCAL NEWS. Show all posts

आवेगमा दम्पत्तिसहित तीन जनाको हत्या गरेको स्वीकार


तनहुँ, फाल्गुन ११ - सोमवार दम्पत्तिसहित तीन जनाको हत्या गर्ने दमौलीका २३ वर्षीय दिवीङ्ग रानामगरले वोक्सीको शंका लागेर आवेगमा आएर छिमेकीको हत्या गरेको प्रहरीसँग वयान दिएका छन् ।
विरामी अवस्थामा रहेका मगरले आफ्नो घरमा आइतवार राति धामिझाँक्री वस्दा जामुने १ घर भएका ४३ वर्षीय धामी वलसुन थापा मगरले वोक्सीले दुख दिएको र सोही रात आफुले वोक्सी भएको शंका गरेका वृद्धा छिमेकीहरुलाई मार्ने सोंच वनाएको वयान दिएको प्रहरी नायव उपरिक्षक ईश्वरीप्रसाद चापागाईले वताए । चापागाईंले प्रहरी कार्यालयमा प्रमुख जिल्ला अधिकारी लोकराज रेग्मीसहित पत्रकार सम्मेलन गरी उक्त कुरा वताएका हुन् ।
'सपनामा पनि नजिकैका छिमेकीहरुलाई देखें ।' मगरलाई उद्रृत गर्दै चापागाईंले भने, 'सपनामा मार भनेको व्याक्तिलाई खुर्पा प्रहार गरी मारेको हुँ  । मलाई पनि गोली हानी मारिदिनुस् भन्छ ।' श्रीपञ्चमीको दिन देखि आँफुलाई असजिलो महशुस भै रहेको र धामी वलसुनले एक महिना उपचार गरे निको हुन्छ भनेपनि मगरले आवेगमा आएर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रनाउ चापागाईंले वताए । पत्रकार सामु रहेका दिविङ्गल पत्रकारसँग केही वोलेनन् । मगर आफु वाचेकोमा पश्चताप समेत गरेको प्रनाउ चापागाईंले जानकारी दिए ।
उनले हतियारले सर्वसाधारणको हत्या गरेकोमा मगरलाई कानुनी कारवाही प्रकृया अघि वढाईसकिएको जानकारी दिए । चापागाईले धामी वलसुनलाई पनि आवश्यक कारवाही अघि वढाइने जानकारी दिए । मगरले ६० वर्षीय दिलवहादुर र उनकी ५५ वर्षीया श्रीमती यसोदा र व्यास २ विसघरेका ६० वर्षीय टिकावहादुर श्रेष्ठलाई सोमवार खुर्पा प्रहार गरी हत्या गरेका थिए ।
kantipur 

दमौलीमा एक युवकले खुर्पा प्रहार गरी तीन जनाको हत्या


हाम्रो तनहुँ

       तनहुँको सदरमुकाम दमौलीमा एक युवकले सोमबार  बिहान खर्ुपा प्रहार गरी तिन जनाको हत्या गरेका छन् भने एक जनालाई गम्भिर घाइते वनाएका छन् । ब्यास-२ मालपोत लाइन निवासी २३ वषर्ीय दिविङ्ग राना मगरले ब्यास-२ मालपोत लाईनकै निवासी ६० वषर्ीय दिल वहादुर सापकोटा र उनकी ५५ वषर्ीय श्रीमती यशोदा सापकोटा त्यस्तै, ब्यास-१० देउराली नगरका टिका श्रेष्ठको हत्या गरेका हुन् ।
त्यस्तै, ब्यास-२ मा बस्दै आएका सापकोटा दम्पतीलाई आफ्नै निवासमा हत्या गरी ब्यास १० स्थित टिका श्रेष्ठ र उनकी श्रीमती पार्वती श्रेष्ठलाई खर्ुपा प्रहार गर्न पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । खर्ुपा प्रहार गरी बिसघरे नजिकको मादीसेती नदी माथिको झोलुङ्गे पुलवाट हामफाली भाग्ने क्रममा काहुँशिवपुर गाविसको झापुटारबाट रानालाई प्रहरीले प्रक्राउ गरेको थियो ।
त्यस्तै, र्घाईते टिकाराम श्रेष्ठको पोखरा स्थित क्षेत्रीय  अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताईएको छ । भने गम्भिर घाइते भएकी श्रीमती श्रेष्ठको उपचार भैरहेको प्रहरी श्रोतले जनाएको छ । एकाएक हत्या भएको घटना र्सार्वजनिक भएपछि दमौली बजारमा त्रास फैलिएको छ भने मृतकका घरमा स्थानीयको ठुलो भिड लागि रहेको छ । ब्यास-१० बिसघरेमा आफ्नै निवासमा वसिरहेका अवस्थामा श्रेष्ठ दम्पतीलाई खर्ुपा प्रहार गरि भागेका रानालाई प्रहरीले पक्राउ गरि सोधपुछ गरेपछि यस अगाडीनै दर्ुइ जनाको हत्या गरेको बताएपछि प्रहरी जाँच बुँझका क्रममा सापकोटा दम्पती आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए ।
हत्याको कारण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यता सापकोटाको आफन्त घर बाहिर भएका कारण शव अहिलेसम्म पोष्मार्ट पनि हुन सकेको छैन । घटनाको विषयमा जिल्लाका सुरक्षा र प्रशासन प्रमुखहरु विहानदेखि छलफलमा जुटेपनि के कारणले घटना घटेको अहिलेसम्म प्रष्ट हुन सकेको छैन ।
त्यस्तै, हत्याको घटनाले दमौली वजार त्रासदीपर्ूण्ा भइरहेका बेला आजै दर्ुइ वटा वेवारिसे शव फेला परेको छ । तनहुँको घाँसिकुवा गाउँ विकास समिति वडा नं. १ सर्ुर्खेखोला स्थित खुल्ला चौरको पानी वग्ने नालामा फ्याकिएको अवस्थामा अन्दाजी ४५ वर्षा थर नखेलेका शेर वहादुरको लाश फेला परेको छ ।
शवको साथमा ४२ हजार भारतीय रुपयाँ र १७ सय नेपाली रुपयाँ र २ वटा सुनको औठि फेला परेको प्रहरीले जनाएको छ । साथमा एउटा वसको टिकटमा शेरवाहदुर लेखिएको जनाएको छ । शव करिव पाँच ६ दिन अघि हत्या गरेर फ्याकेको हुन सक्ने वताइएको छ । गाईवाख्रा चराउन गएका स्थानीयवासीले शव सर्ुर्के स्थित नालामा फ्याकिएको अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शवको हात र खुट्टामा एसिड हालेको जस्तो प्रकृतिको भएको प्रहरीले जनाएको छ । शवको दमौली अस्पतालमा पोष्टमाटका लागी राखिएको जिल्ल्ा प्रहरी कार्यालयले जनाइएको छ । अन्य अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । त्यस्तै तनहुँकै दमौली मादी पुल मुनी नदिमा आजै दिउसो एकमहिलाको मृत शव फेला परेको छ । महिला अन्दाजी ३० वर्षो रहेको प्रहरी जनाएको छ । महिलाको थप केही जानकारी नभएको प्रहरीले जनाएको छ । महिलाको दमौली अस्पतालमा पोष्टमाटम गर्न लगिएको छ । प्रहरीले शवको अनुसन्धान गरिरहेको छ

hamrotanahun.com.np 

Share

Twitter Facebook