बाबु : छोरा तैले गधा देखेको छस ??छोरा : देखेको छु ड्याडी ..बाबु : अनी उल्लु नि ??छोरा : त्यो पनि देखेको छु ड्याडी ... किन सोध्नु भएको ड्याडी ?बाबु : तँ त्यस्तै छस त्यसैलेछोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर ...
***********************************************************************************************************************************
पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।
***********************************************************************************************************************************
एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।
जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "
***********************************************************************************************************************************
0 comments:
Post a Comment